News Portal

यी हुन् सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु, नेपालको अवस्था कस्तो ?

हिमाली संचार संवाददाता
५८६ पटक

एजेन्सी : विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको देखाएको हो ।

स्पिडटेष्ट इन्टेलिजेन्स नामक डाटा प्लाटफर्ममा सन् २०१७ को डिसेम्बरदेखि नोभेम्बर २०१८ सम्मका इन्टरनेट डाटाको विश्लेषणका आधारमा विश्वका मुलुकहरुको इन्टरनेट गतिको सूची पनि जारी गरिएको छ ।

रिपोर्ट अनुसार सन् २०१८ मा विश्वमा मोबाइल इन्टरनेट स्पिडमा औषतमा १५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१८ मा विश्वको मोबाइल इन्टरनेट डाउनलोड स्पिड २२.८२ एमबीपीएसमा १५.२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मोबाइल अपलोड स्पिडमा ९.१९ एमबीपीएसमा ११.६ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार आइओएस डिभाइसको इन्टरनेट स्पिड एन्ड्रोइड डिभाइसमा बढी रहेको छ । यसको एउटा मुख्य कारण एप्पल डिभाइसहरु उच्च गतिको इन्टरनेट स्पिड रहेका मुलुकहरुमा बढी हुनु र एन्ड्रोइड स्मार्टफोनहरु विकासोन्मुख देशहरुमा समेत बढी प्रयोग रहनु समेत हुनसक्छ । यद्यपि, एन्ड्रोइड डिभाइसको डाउनलोड स्पिडमा १९ प्रतिशतले र अपलोड स्पिडमा १५.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै सन् २०१८ मा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पिडमा मोबाइल इन्टरनेट स्पिडको वृद्धिदर भन्दा दोब्बरले बढेको छ ।

विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड गतवर्ष ४६.१२ एमबीपीएस रहेकोमा यो वर्ष २६.४ प्रतिशतले बढेको छ भने अपलोड स्पिड २२.४४ रहेकोमा २६.५ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट भएका ५ मुलुक
नर्वे: ६३.१९ एमबीपीएस
आइसल्याण्ड: ५८.६८ एमबीपीएस
कतार: ५५.१७ एमबीपीएस
सिंगापुर: ५४.७१ एमबीपीएस
नेदरल्याण्ड: ५३.४२ एमबीपीएस

सबैभन्दा उच्च गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएका ५ देशहरु
सिंगापुर: १७५.१३ एमबीपीएस
आइसल्याण्ड: १५३.०३ एमबीपीएस
हंगकंग: १३८.३१ एमबीपीएस
दक्षिण कोरियाः ११४.६७ एमबीपीएस
रोमानिया: १०९.९० एमबीपीएस

नेपालको अवस्था कस्तो ?
स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा सुधार भएको छ भने फिक्स्ड नेटवर्कमा अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ ।

मोबाइल इन्टरनेट स्पिडमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा १ स्थानले सुधार हुँदै १ सय १६ औँ अवस्थामा छ ।

त्यस्तै फिक्स्ड इन्टरनेटमा नेपाल ८९ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड इन्टरनेटको स्पिड १६.६६ एमबीपीएस रहेको छ भने मोबाइल इन्टरनेट स्पित ८.८८ एमबीपीएस रहेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार विश्वको सबैभन्दा कमजोर मोबाइल इन्टरनेट ताजिकिस्तानको रहेको छ भने सबैभन्दा कमजोर फिक्स्ड इन्टरनेट अल्जेरियाको रहेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...