आज : २०२६-०७-०६, सोमबार

कुवेतमा एक नेपाली महिला घर मालिकबाटै मर्नासन्न हुनेगरी कुटिईन (भिडियोमा हेर्नुहोस)

एकराज मल्ल,

कुवेत २१ डिसेम्बर : कुवेतमा घरेलुमहिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकि गोमा दर्जि स्पोन्सरको कुटपिटबाट सक्त घाइते भएकि छन ।

करिव डेढ़ बर्ष पहिले अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जिमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मर्नासन्न हुनेगरि कुटपिट भएको र केही महीला दिदिबहिनिहरुबाट उद्वार तथा सामान्य उपचार पछि शुक्रबार बिहान दुतावास पुर्‍याएको नेपाली दूवातावस कुवेतका सहचारी मनोज सिंहले जानकारी दिएका छन ।

दर्जिको उपचार पछि अबस्था सामान्य हुदै गएको र छिट्टै कानुनि प्रकृया अनुसार क्षतिपुर्ति सहित स्वदेश पठाउने सहचारी सिंहले बताए ।

भिडियोमा हेर्नुहोस।

https://youtu.be/L6BaqWjM_l8