News Portal

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, ८ सहमहामन्त्रीमा आरक्षण

हिमाली संचार संवाददाता
४८८ पटक

काठमाडौं : लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन्, जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन् ।

शीर्षनेताहरुबीच भएको सहमतिलाई शुक्रबार नै केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ । भोलि नै महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सहमहामन्त्रीमा आरक्षण
कांग्रेसमा अब सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । प्रवक्ता भने पदाधिकारीबाटै वा केन्द्रीय सदस्यलाई मनोनित गर्न सकिनेछ ।

यसअघि सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष थिए, जसमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुन्थे भने बाँकी सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिले अनुमोदन गरिन्थ्यो ।

शुक्रबार बिहान ७ सहमहामन्त्रीमा सहमति जुट्यो । तर, पिछडिएको क्षेत्र छुटेको भन्दै पार्टीभित्रै विरोध भएपछि ८ जना हुने गरी अन्तिम टुंगो लागेको हो । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एकएक सहमहामन्त्री निर्वाचित हुनेछन् ।

संविधानअनुसार ८ वटा क्लस्टरबाट सहमहामन्त्री चुनिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अनुसार केन्द्रीय कार्यसमितिको आकार पनि बढेको छ । अब १७१ सदस्यीय हुनेछ । यसअघि १६१ मा सहमति भएको थियो ।

हारजितको लेखाजोखा
विधान संशोधन मस्यौदाका क्रममा पदाधिकारीबारे सहमति हुने र भाँडिने क्रम लामै चल्यो । सुरुमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२ जना हुने सहमति जुटेपनि निर्वाचन प्रणालीबारे विवाद भयो ।

त्यसपछि दुई उपसभापति, तीन महामन्त्री र चार सहमहामन्त्री हुने र सहमहामन्त्रीलाई समोवशी बनाउने सहमति जुट्यो तर, यो पनि एकाएक भाँडियो ।

बुधबार साँझ उपसभापति, महामन्त्री र सहमहामन्त्री दुईदुई जना हुने र कोषाध्यक्षबाहेक सबै निर्वाचित हुने सहमति जुट्यो । तर, यो पनि टिकेन । समावेशी नभएको भन्दै देउवानिकट नेताहरुले नै विरोध गरे ।

बिहीबार देउवा एक-एक उपसभापति र महामन्त्री मनोनित गर्ने प्रस्ताव ल्याए तर, रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सबै निर्वाचित हुनुपर्ने अडान दियो । महासमिति बैठक लम्बिएका कारण देउवामाथि दबाव बढ्दो थियो, त्यसैले शुक्रबार सहमहामन्त्री थपेर सहमति जुट्यो ।

एक नेता भन्छन्, ‘पौडेल सिटौला समूह सबै छाडेर पदाधिकारी निर्वाचित हुनुपर्नेमा अडिए । देउवाले त्यो मानिदिए । अरु आफ्नो कुरा पास गराए ।’

पौडेल-सिटौला समूहले संसदीय समिति र अनुशासन समिति पनि निर्वाचित हुनुपर्ने एजेण्डा छाडेको छ । अब संसदीय समितिमा पदाधिकारी र ११ जना मनोनित हुनेछन् भने अनुशासनमा पनि मनोनित हुनेछ ।

महासमिति सदस्यहरुले मान्लान् ?
पौडेल सिटौला समूहले छाडेको अर्को मुद्दा हो, आरक्षण एक तहमा एक पटक मात्र । कांग्रेस पदाधिकारीमा आरक्षण कायम गरिएको यो पहिलो पटक भए पनि केन्द्रीय कार्यसमितिमा यसअघि नै थियो । तर, एउटै व्यक्ति पटकपटक आरक्षण सिटबाट केन्द्रीय सदस्य भएका छन् । पौडेल- सिटौला समूहका नेताहरुले यो पटक एक तहमा एक पटक आरक्षण हुनुपर्ने मुद्दा उठायो ।

त्यसमा साथ दिँदै जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान पनि चलाए । तर, पदाधिकारीबारे सहमति गर्दा पौडेल सिटौला समूहले यो मुद्दालाई छाडेको छ । पौडेल समूहका एक नेता भन्छन्, ‘देउवा र पौडेलले हामी मिल्यौं भन्दैमा महासमिति सदस्यहरुलाई अरु विषय मान्लान् तर, यसमा मान्न गाह्रो छ । किनभने, उनीहरुको आफ्नो आकांक्षासँग जोडिएको छ ।

चारबुँदे माग राखेर हस्ताक्षर अभियान चलाएका काभ्रे सभापति मधु आचार्यले यसबारे भोलि पार्टी सभापति र वरिष्ठ नेता पौडेलसँग छलफल गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...