News Portal

बस दुर्घटना अपडेट : २१ जनाको शव भेटियो, रात परेकाले उद्धारमा कठिनाई

हिमाली संचार संवाददाता
४३९ पटक

दाङ – सल्यानको कपुरकोटमा रहेको वनस्पति उद्यनको अवलोकन गरेर फर्कने क्रममा तुलसीपुर उपमहानगपालिका ३ राम्रीमा भएको सडक दुर्घटनामा १६ जनाको  शव फेला परेको छ । थप पाँचजनाकाे शव पिन भेटिएकाे छ । अझै ६ जना हराइरहेका छन् ।

बा ४ ख ९७६६ नम्बरको बस तुलसीपूर उपमहानगरपालिका राम्रीमा दुर्घटना भएको हो । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको शिक्षालयका प्रध्यानाध्यापक यादव सुवेदीले जानकारी दिनुभएको छ ।

दुर्घटनास्थलमा तीन महिला र १३ पुरुष गरी १६ जनाको शव राप्ती अञ्चल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा थप पाँच जनाको शव भेटिएको छ । योसँगै मृतकको संख्या २१ पुगेको छ ।

दुर्घटनास्थलमा पाँच महिला र १० पुरुष गरी १५ जना घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा ल्याइएको प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराहीमा रहेको कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ राम्रीमा दुर्घटना हुँदा २० जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताउनुभयो ।

प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार बसमा ३४ जना विद्यार्थी, दुईजना शिक्षक र ड्राइभर गरी जम्मा ३७ जना रहेका थिए । उद्दार कार्य अहिले पनि चलिरहेको छ । राति १० बजेसम्ममा १६ जनाको शव दुर्घटनास्थलबाट निकालेर राप्ती अञ्चल अस्पलातमा पोस्टमार्टमका लागि पुर्याइएको तुलसीपुर उपमहानगरपालिका–३ का वडा अध्यक्ष विजय विकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा  ज्यान गुमाएको १६ जनामध्ये १२ जनाको स्थानीयवासीले नै उद्दार गरेका हुन् ।

विकले दुर्घटनास्थलमा अरु ५ वटा शव फेला परेको बताउनुभयो । ‘खोजी कार्य जारी छ, १६ जनाको शव अस्पताल पठाइएको छ, अरु ५ वटा शव दुर्घटनास्थलमा फेला परे पनि उद्दार गर्न सकिएको छैन,’ विकले भन्नुभयो, ‘अँध्यारो छ, अप्ठ्यारो भएकाले पनि उद्दारमा समस्या भएको हो ।’

विकले गाडीको इन्जिनले केहीको शव किचेको जानकारी दिनुभयो । ‘गाडीको चेसिसभन्दा तल पनि शव देखिन्छ, निकाल्न सकिएको छैन,’ वडा अध्यक्ष विकले भन्नुभयो, ‘माथिको भागमा चाहिँ जता–जतै मोबाइलको रिङटोन बज्छ, घाइते र मृतकको खोजी त्यहीअनुसार पनि गर्नुपर्यो ।’

दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनास्थलमा ६ जना हराइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीलगायतले उद्धार कार्यलाई जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...