News Portal

अमेरिकी पूर्वराष्ट्रपति ओबामा जब धोक्रो बोकेर अस्पताल पुगे…

हिमाली संचार संवाददाता
६८९ पटक

नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् ।

तर, विदेश, त्यसमा पनि शक्तिराष्ट्र अमेरिकाको कुरा अलि बेग्लै छ । त्यहाँका भीआईपीहरु रवाफिलो भन्दा पनि सरल जीवन बाँच्छन् । हामीले साना ठानेका काम निस्फिक्री गर्छन् र जनताका दुःखमा हात अघि बढाउँछन् । राजनीतिलाई साँच्चै उत्तरदायी र सेवाको रुपमा उपयोग गर्छन् ।

यहीबीच अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेको विषय सार्वजनिक भएको छ ।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा पर्छन् । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाउँछन् । आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिन्छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी गरेको बासिंटन पोस्टले लेखेको छ ।

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...