News Portal

दैलेखमा ६ वर्षीय बालकको शव विद्यालयकाे सेफ्टी ट्यांकीमा फेला पर्‍यो

हिमाली संचार संवाददाता
४५६ पटक

दैलेख : नारायणा नगर पालिकाकाे सनराइज बाेडिङ स्कुलकाे सेफ्टी ट्यांकीमा एक बालककाे सव फेला परेकाे छ । मंगलबार स्कुल गएका बालक घर नफर्केपछि खोजिकार्य गर्दा मृत अवस्थामा फेला परेका छन् । उनको शव स्कुलकै सेफ्टी ट्यांकीमा भेटिएको हो ।

दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव आज सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।

खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको प्रहरीले जनाएको छ । बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको हो । बालकका आमाबुवा जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका– ३ घर भइ दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन् ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...