News Portal

निलम्बनमा परेका मप विश्वविद्यालयका रजिष्ट्रार मल्ल काममा फर्कीए (भिडियोमा हेर्नुहोस)  

हिमाली संचार संवाददाता
४४३ पटक

नगेन्द्र उपाध्याय

सुर्खेत : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्। सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्धाको टुङ्गो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो।

विद्यार्थी प्रयोग गरेर आफ्नो अपहरण गर्ने प्रयास गरेको, कालोमोसो दल्ने प्रयास गरेको, पदीय दायित्व पूरा नगरेको लगायतका आरोप लगाएर विश्वविद्यालय सभाका १० जना सदस्यको हस्ताक्षरसहित उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रजिष्ट्रार हटाउन निवेदन दिएका थिए। सोही अनुसार रजिष्ट्रार डा. मल्ललाई मंसिर १९ गते निलम्वन गरिएको थियो। उनको ठाउँमा यामबहादुर कार्कीलाई नियुक्त गरिएको थियो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डम्वरबहादुर शाहीको एकल इजलासले मुद्धाको अन्तिम किनारा नलागेसम्मका लागि रजिष्ट्रार डा. मल्ललाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार सुर्खेत आइपुगेका डा. मल्ललाई विमानस्थलदेखि बजार परिक्रमा गराएर विश्वविद्यालयको केन्द्रीय कार्यालय पुर्याइएको थियो।

विश्वविद्यालय स्थापना मूल समितिका सदस्य–सचिव हुँदै रजिष्ट्रार बनेका मल्लले आफूमाथि अनावश्यक आरोपहरु लगाएर हटाउन खोजिएको बताए।

भिडियो हेर्नुहोस।

 

 

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...