News Portal

निलम्बनमा परेका मप विश्वविद्यालयका रजिष्ट्रार मल्ल काममा फर्कीए (भिडियोमा हेर्नुहोस)  

हिमाली संचार संवाददाता
४१७ पटक

नगेन्द्र उपाध्याय

सुर्खेत : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्। सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्धाको टुङ्गो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो।

विद्यार्थी प्रयोग गरेर आफ्नो अपहरण गर्ने प्रयास गरेको, कालोमोसो दल्ने प्रयास गरेको, पदीय दायित्व पूरा नगरेको लगायतका आरोप लगाएर विश्वविद्यालय सभाका १० जना सदस्यको हस्ताक्षरसहित उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रजिष्ट्रार हटाउन निवेदन दिएका थिए। सोही अनुसार रजिष्ट्रार डा. मल्ललाई मंसिर १९ गते निलम्वन गरिएको थियो। उनको ठाउँमा यामबहादुर कार्कीलाई नियुक्त गरिएको थियो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डम्वरबहादुर शाहीको एकल इजलासले मुद्धाको अन्तिम किनारा नलागेसम्मका लागि रजिष्ट्रार डा. मल्ललाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार सुर्खेत आइपुगेका डा. मल्ललाई विमानस्थलदेखि बजार परिक्रमा गराएर विश्वविद्यालयको केन्द्रीय कार्यालय पुर्याइएको थियो।

विश्वविद्यालय स्थापना मूल समितिका सदस्य–सचिव हुँदै रजिष्ट्रार बनेका मल्लले आफूमाथि अनावश्यक आरोपहरु लगाएर हटाउन खोजिएको बताए।

भिडियो हेर्नुहोस।

 

 

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...