आज : २०२६-०६-११, बिहीबार

रंगेलीमा बङ्गुर मासु पसल सञ्चालनमा आउने

मोरङ मोरङको रंगेली बजारमा स्वच्छ, ताजा तथा गुणस्तरीय बङ्गुरको मासु उपलब्ध गराउने उद्देश्यले ‘बङ्गुर मासु पसल’ आगामी असार १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

स्थानीय उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन लागिएको उक्त पसलमा आधुनिक तथा हाइजेनिक प्रणालीमार्फत दैनिक रूपमा ताजा बङ्गुरको मासु बिक्री गरिने सञ्चालक इन्द्र शिवाले जानकारी दिए।

उनका अनुसार मासु प्रशोधनदेखि बिक्रीसम्मका सम्पूर्ण प्रक्रियामा सरसफाइ र स्वास्थ्य मापदण्डलाई उच्च प्राथमिकता दिइनेछ। उपभोक्तालाई सुरक्षित, ताजा र भरपर्दो मासु उपलब्ध गराउनु पसलको मुख्य उद्देश्य रहेको उनले बताए।

सञ्चालक शिवाले ग्राहकको मागअनुसार ‘बदेलको मासु’ समेत अग्रिम अर्डरका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिए। पारिवारिक जमघट, भोजभतेर तथा विभिन्न विशेष अवसरका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।

उद्घाटनको दिनदेखि नै गुणस्तरीय सेवा र प्रतिस्पर्धी मूल्यमा मासु उपलब्ध गराइने जनाइएको छ। साथै, अग्रिम अर्डर तथा आवश्यकताअनुसार सेवा लिन इच्छुक ग्राहकलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीयस्तरमै स्वच्छ र गुणस्तरीय मासुको आपूर्ति सुनिश्चित गर्ने लक्ष्यसहित सञ्चालनमा आउन लागेको यो पसलले रंगेली क्षेत्रका उपभोक्ताको दैनिक आवश्यकतामा सहजता थप्ने विश्वास गरिएको छ।

सम्पर्क नम्बर: ९८११०२८६३५, ९७६५२५३१३५
स्थान: रंगेली बजार, मोरङ।