News Portal

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

५२ पटक

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने गरेको छ। नेपाल सरकारले प्रत्येक चौमासिकमा वृद्धभत्ता बैंक खातामार्फत उपलब्ध गराउने व्यवस्था गरेपछि सुनवर्सी नगरपालिका वडा नं. ४ र ५ का वृद्धवृद्धा बिहान ६ बजेदेखि नै बैंकको गेटमा लाइन बस्न बाध्य भएका छन्।

भत्ता लिन बैंकसम्म पुग्नकै लागि २०० देखि ३०० रुपैयाँसम्म दैनिक खर्च गर्नुपर्ने बाध्यता रहेको वृद्धहरूले बताएका छन्। एकै दिनमा सबैले भत्ता नपाउने र प्रक्रिया पूरा गर्न २ देखि ३ दिनसम्म लाग्ने भएकाले ५०० देखि १००० रुपैयाँसम्म अतिरिक्त खर्च हुने गरेको उनीहरूको गुनासो छ।

वृद्धवृद्धाहरूले वडास्तरमै भत्ता वितरणको व्यवस्था गरिए आफूहरूलाई सहज हुने, समय र खर्च दुवै बच्ने बताएका छन्। हाल बैंकले टोकन प्रणाली लागू गरे पनि पटक–पटक आउजाउ गर्नुपर्ने अवस्था रहेकाले ज्येष्ठ नागरिकहरू थप सास्ती खेप्न बाध्य छन्।

स्थानीय वृद्धहरूका अनुसार उमेर ढल्कँदै जाँदा बैंक धाउनुपर्ने बाध्यता निकै कष्टकर बनेको छ। उनीहरूले सरकार र सम्बन्धित निकायसँग ज्येष्ठ नागरिकमैत्री सेवा प्रणाली लागू गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...