News Portal

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

४१ पटक

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नै सरकारको खुलेर आलोचना गरेका छन्।

झन्डै दुई तिहाइको समर्थन रहेको सरकारले संसद छल्दै अध्यादेशको बाटो रोज्नु “बहादुरी नभएको” भन्दै कार्कीले यस्तो कदम बाध्यता हो वा अन्य कारण, त्यो पछि खुल्ने बताए।

उनले भने, “झन्डै दुई तिहाइ ल्याएको पार्टीका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने पछि खुल्ला, तर यो बहादुरी भने होइन।”

कार्कीले अध्यादेश संविधानले दिएको अधिकारभित्रै भए पनि यसपटक संविधानको अक्षर मात्र पालना गरिएको, मर्म भने बेवास्ता गरिएको टिप्पणी गरे।

उनका अनुसार, “संविधान अक्षरले मात्र बाँच्ने दस्तावेज होइन, यसको जीवन्तता मर्मको पालनामा हुन्छ। संविधानका अक्षरले संविधानको मर्मलाई सीमित गर्नु हुँदैन।”

उनले विगतमा विपक्षी दल हुँदा अध्यादेशमाथि उठाएका प्रश्नहरू अहिले आफ्नै सरकार हुँदा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै सिद्धान्तमा स्थिर रहनुपर्ने धारणा राखेका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...