News Portal

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

१८२ पटक

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध थप छानबिन तीव्र बनाएको हो।

विभागका स्रोतहरूका अनुसार देउवा परिवारको चलअचल सम्पत्तिमा अस्वाभाविक वृद्धि देखिनुका साथै विभिन्न आर्थिक कारोबारहरू शंकास्पद भेटिएपछि अनुसन्धान सुरु गरिएको हो। विशेष गरी उनका छोरा जयवीर देउवाले खरिद गरेको करिब ७३ रोपनी जग्गाको स्रोत स्पष्ट नभएपछि त्यसैलाई आधार बनाएर थप अनुसन्धान अघि बढाइएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा अन्य केही सम्पत्तिहरू र बैंक कारोबारहरू पनि शंकास्पद देखिएको र त्यसको विस्तृत अध्ययन भइरहेको विभागले जनाएको छ। अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि प्राविधिक सहयोग गरिरहेको छ।

यसैबीच, देउवा दम्पती हाल उपचारका क्रममा विदेशमा रहेको बताइएको छ। उनीहरूको निकट स्रोतले भने अनुसन्धानबारे आफूहरूलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ।

कानुनी प्रावधानअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि कुनै प्रारम्भिक अपराधको आधार आवश्यक पर्ने भए पनि हालसम्म देउवा दम्पतीविरुद्ध कुनै फौजदारी मुद्दा दायर भएको छैन। तर विगतदेखि नै उनीहरूमाथि शक्ति दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ।

विभिन्न ठेक्का, सार्वजनिक निकाय र आर्थिक कारोबारसँग जोडिएका उजुरीहरू समेत लामो समयदेखि विचाराधीन रहेका छन्। अहिले ती सबै पक्षलाई समेटेर विस्तृत अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...