News Portal

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

६४ पटक

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान व्यवहार गरिने स्पष्ट पारेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले कसैप्रति पनि भेदभाव नहुने विश्वास दिलाए।

सभामुख अर्यालले संसदीय अभ्यासलाई बहस, छलफल र निष्कर्षको उपयुक्त थलो भन्दै संसदलाई ‘खुला मञ्च’का रूपमा चित्रण गरे। उनका अनुसार सत्तापक्ष र प्रतिपक्षबीचको सन्तुलित भूमिकाले मात्रै सुशासन र विकासलाई अघि बढाउन मद्दत पुग्छ।

उनले संविधान र प्रचलित कानुनको दायराभित्र रहेर सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा रोजगारी सिर्जना गर्न आवश्यक कानुन निर्माणमा सबै दलको रचनात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे।

सभामुख अर्यालले अझै धेरै कानुनहरू निर्माण, संशोधन र परिमार्जन गर्न बाँकी रहेको भन्दै समयमै काम सम्पन्न गर्न सांसदहरूको सक्रिय सहभागिता अपरिहार्य हुने धारणा राखे। उनले विद्यमान कानुनको गम्भीर समीक्षा गर्दै आवश्यक सुधारतर्फ ध्यान दिन पनि आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...