News Portal

कांग्रेस महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस

हिमाली संचार संवाददाता
६०३ पटक

काठमाडौं : नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो ।

नेता केसीले भने, ‘महासमिति बैठक सुरु भएको आज चार दिन भयो तर, पार्टीको विधान अझै आएन । पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दै थिएँ तर, प्रकाशसरण महतजी आएर माइक खोस्नुभयो ।

दुई नेता बीचको माइक खोसाखोसका कारण होहल्ला भएपछि बैठक अहिले स्थगित गरिएको छ । केसीले महासमितिको बैठकको मुख्य विषय नै पार्टीको विधान संशोधन भएकाले विधान छिटो प्रस्तुत हुनुपर्ने बताए ।

तर, नेताहरुबीच पदाधिकारीको संख्या कति राख्ने भन्नेमा विवाद भएकाले विधान अझै बैठकमा प्रस्तुत हुन सकेको छैन । विधान टुंगो लगाउने प्रयासमा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा नेताहरुको बैठक बसे पनि सहमति जुटेको छैन ।

मंगलबार बिहान पनि देउवा पक्ष र पौडेल पक्षका नेताहरु छुट्टाछुट्टै बैठक बसेका थिए । तर, महासमिति बैठक स्थलमा महत र केसीबीचको विवाद भएको खबर पाएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा महासमिति त्यता लागेका छन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...