News Portal

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

२३९ पटक

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री प्रतिनिधि सभा सदस्य बन्ने भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिक प्रणालीतर्फ सांसदका लागि चयन गरेको हो।

खसआर्य महिलातर्फ समानुपातिक सूचीको दोस्रो स्थानमा रहेकी खतिवडालाई पार्टीले औपचारिक रूपमा सिफारिस गरेको जनाएको छ। उनका २३ वर्षीय छोरा रसिक खतिवडाको गत भदौ २३ गते भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो।

समानुपातिक सूचीमा नाम समावेश भएपछि खतिवडा पार्टीको चुनावी अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएकी थिइन्। उनको गृह जिल्ला काभ्रेमा प्रतिनिधि सभा अन्तर्गतका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको छ भने समानुपातिक मतमा पनि पार्टी अग्रस्थानमा रहेको छ।

यस निर्वाचनमार्फत रास्वपाले रचना खतिवडासहित ४८ जना महिलालाई समानुपातिक कोटाबाट सांसद बनाएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...