News Portal

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

३९ पटक

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार तथा सुनवर्षी नगरपालिका–स्थित डाईनियाँ मुख्य बजार क्षेत्रमा सडक निर्माण कार्य अझै अधुरै रहेको पाइएको छ।

उक्त क्षेत्रमा हुलाकी सडक आयोजनाअन्तर्गत नाला तथा पेटी निर्माणको काम अधिकांश रूपमा सम्पन्न भए पनि सडकको कालोपत्रे (पिच) गर्ने काम भने रोकिएको छ। स्थानीयका अनुसार बजार क्षेत्रका लागि निर्धारण गरिएको करिब ६ मिटर चौडाइमा पिच गर्ने योजना भए पनि हालसम्म कालोपत्रे नगरिएपछि सडक अधुरै अवस्थामा छाडिएको छ।

सडक कालोपत्रे नगरिँदा अहिले उक्त स्थानमा स्थानीयले घरायसी प्रयोजनका लागि ढुंगा, गिट्टी तथा दाउरा राख्न थालेका छन्। यसले बजार क्षेत्रको सौन्दर्य मात्र नभई आवतजावतमा समेत समस्या सिर्जना गरेको स्थानीयवासीको गुनासो छ।

स्थानीयले नगरपालिकाका प्रमुख तथा सम्बन्धित वडा प्रतिनिधिहरूले यस विषयमा अपेक्षित चासो नदेखाएको आरोप लगाएका छन्। विकास निर्माणका काममा जनप्रतिनिधिहरूको पनि महत्त्वपूर्ण जिम्मेवारी हुने भए पनि यस विषयमा उनीहरू मौन रहेको भन्दै स्थानीय असन्तुष्ट देखिएका छन्।

सम्बन्धित निकायले समयमै ध्यान नदिए अधुरो सडकले बजार क्षेत्रको विकासमा अवरोध सिर्जना गर्ने स्थानीयको भनाइ छ। उनीहरूले हुलाकी सडक आयोजनालाई शीघ्र कालोपत्रे गरी निर्माण कार्य पूरा गर्न माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...