News Portal

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

१६१ पटक

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास डिलरलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ। पोखरा–६ जरेवरस्थित भण्डारी ट्रेडर्समा गरिएको अनुगमनमा ४८ वटा भरेका सिलिन्डर लुकाइएको र ग्यास एक सिलिन्डरबाट अर्कोमा सार्ने प्रयास गरिरहेको अवस्था भेटिएको थियो।

जिल्ला प्रशासन, प्रहरी, आयल निगम, उपभोक्ता मञ्च र स्थानीय प्रतिनिधिहरू मिलेर बनाएको टोलीले पोखराका पाँच डिलरको अनुगमन गरेको थियो। अनुगमनका क्रममा फेला परेको सिलिन्डर तुरुन्तै उपभोक्तालाई ‘पहिले आउनेलाई पहिले पाउने’ आधारमा बिक्री गर्न निर्देशन दिइएको छ।

साथै प्रशासनले ज्येष्ठ नागरिक, पूर्णरूपले अशक्त, अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई ग्यासमा प्राथमिकता दिन डिलरहरूलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...