News Portal

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

१७५ पटक

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरमा जेठा छोरा ओलीले मुखाग्नि दिएका हुन्।

मोहनप्रसादको भक्तपुरको गठ्ठाघरमा रहेको नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो।

अन्त्येष्टि अघि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, आफन्त तथा परिवारजनले श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनी पछिल्लो समय गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए।

यसअघि भदौ महिनामा भएको आन्दोलनका क्रममा झापास्थित उनको निवासमा आगजनी भएको थियो। त्यस घटनापछि उनी झापा जान सकेका थिएनन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...