News Portal

मप विश्वविद्यालयका रजिस्ट्रार डा.मल्लको निलम्बन रोक्न सर्बोच्चको आदेश

हिमाली संचार संवाददाता
५०८ पटक

काठमाडौं : सर्वाेच्च अदालतले सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्र मल्ललाई गरेको निलम्बन रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीस डम्बर बहादुर शाहीको एकल इजलासले विश्वविद्यालयको सिनेटले वर्खास्त गरेका मल्लले दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो । गत मंसिर २० गते रजिष्ट्रार मल्ललाई निलम्बन गरिएको थियो भने सोही दिन रजिष्ट्रारमा यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरिएको थियो ।

नेपाली काँग्रेस निकट मानिएका मल्ललाई निलम्बन गरी नेकपा निकट मानिएका कार्कीलाई पदमा राख्न खोज्ने सिनेटको योजना अदालतको आदेशसँगै तत्कालको लागि रोकिएको छ। कार्की त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागका सह–प्राध्यापक हुन् । त्यहीँबाट उनी काजमा त्रिविकै शिक्षाशास्त्र संकायमा डिन थिए।

नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका सचिव विष्णुप्रसाद पोखरेलले मध्यपश्चिम विश्वविद्यालयमा हुन लागेको राजनीति अदालतको आदेशले रोकिएको बताएका छन् । उनले विश्वविद्यालयका उपकूलपति उपेन्द्रकुमार कोइरालाले पार्टीगत रिसिईबिका कारण उनलाई निलम्वन गर्न सिफारिस गरेको आरोप समेत लगाए ।

प्रतिकृया दिनुहोस्

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...