News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पुस आयो, पानीजहाज आएन ?

    हिमाली संचार संवाददाता
    ४२३ पटक

    कृष्ण रिजाल
    अध्ययन समितिले पानीजहाज सञ्चालन गर्ने भनिएका नदीको स्थलगत भ्रमणसमेत गरेको छैन। चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरूलाई निम्तासमेत दिएका थिए ।

    तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदीको स्थलगत अध्ययनसमेत गरेको छैन । नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग) अध्ययन समितिका प्रतिनिधि हालसम्म पनि तीन नदीको भ्रमणमा गएका छैनन् ।

    भारतीय  टोलीको नेपाल भ्रमण
    गत ३१ र ३२ असारमा नेपाल र भारतबीच ‘इनल्यान्ड वाटर वेज’सम्बन्धी पहिलो प्राविधिक छलफल भएको थियो । छलफलमा भारत र नेपालले आ–आफ्ना रणनीति र उद्देश्य आदान–प्रदान गरेका थिए ।

    भारतको जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको सुनाएका थिए । भारतीय प्रतिनिधिमण्डमा भारतको जलमार्ग प्राधिकरणका ४ जना, भारतीय राजदूतावासका ३ जना, कोसी ब्यारेजका १ जना र अन्य गरी ९ जना थिए ।

    नेपाली टोलीको भारत भ्रमण
    नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको इनल्यान्ड वाटर वे अध्ययन समितिको टोलीले १ देखि १४ असोजसम्म बनारस गएर जलमार्ग सम्बन्धी अवलोकन अध्ययन गरेको थियो । समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे नेतृत्वको सात सदस्यीय टोली त्यहाँ गएको थियो ।

    भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणको निमन्त्रणामा गएको टोलीले बनारसमा निर्माण भइरहेको जलमार्गको टर्मिनल र अन्य संरचनाको अवलोकन अध्ययन ग-यो । त्यस्तै, गंगा नदी र त्यससँग जोडिएका अन्य नदीमा निर्माण भइरहेका जलमार्गका संरचनाको समेत अवलोकन गरेको बेल्वासेले बताए । 

    प्रगति शून्य
    प्रधानमन्त्रीको घोषणालाई आधार मान्ने हो भने यतिवेला नेपालका नदीमा जलमार्ग सञ्चालनका लागि संरचना निर्माण भइसकेको हुनुपर्ने हो, तर हालसम्म यसका लागि न कानुन बनेको छ, न संरचना बनेको छ, न त पूर्वाधार निर्माण नै भएको छ । केवल अध्ययन समितिले अध्ययन र अवलोकन गर्ने काम मात्रै गरेको छ ।

    फेरि आउँदै छ भारतीय टोली
    आगामी जनवरीमा भारतीय टोली नेपालमा जगलमार्ग सञ्चालनको विषयमा थप छलफल गर्न आउँदै छ । सम्भवतः जनवरी ७ मा भारतीय टोली आउने र त्यसवेला वार्ता हुनेछ । काठमाडौंमा हुने वार्ताले नेपाल–भारत जलमार्ग निर्माण तथा सञ्चालनको एउटा खाका तयार पार्ने बेल्वासेले बताए ।

    ‘वार्तामा भारतीय पक्षले सम्भाव्यता अध्ययन नेपाललाई पनि दिनेछ,’ उनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने भन्ने मोटामोटी बाटो तय हुनेछ ।’ भारतीय पक्ष नेपाल आएपछि नारायणी र कोसीको स्थलगत अध्ययनसमेत गरिने उनले जानकारी दिए ।

    संसद्बाटै प्रधानमन्त्रीले दिएका थिए पुसमा पानी जहाज चढ्ने निम्तो
    बजेट माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले १५ असारमा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगर बाट पानीजहाज चल्छ । दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ । सन् २०१८ सम्म भ्याइएन भने ठीकै छ, सन् २०१९ को पुस १६ लाग्ला । तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई ।’

    समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे भन्छन्, ‘नेपालमा जलमार्ग सञ्चालन हुन्छ, तर कहिले भन्न सकिन्न’ नेपालमा जलमार्ग सञ्चालनको विषयमा हामीले उपलब्ध अध्ययन प्रतिवेदन तथा खोजहरू पढ्ने, विज्ञहरूसँग परामर्श गर्नेलगायत काम ग-यौँ ।

    यसबीचमा भारतको इनल्यान्ड वाटर वे प्राधिकरणका प्रतिनिधिसँग छलफल ग-यौँ । हामीले भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणको निमन्त्रणामा बनारसमा निर्माण भइरहेको जलमार्गको टर्मिनल, जलमार्गका अन्य संरचनालगायतको अवलोकन अध्ययन ग-यौँ । नेपालमा जलमार्ग सञ्चालन सम्भव छ, सकिन्छ, त्यहीअनुसार काम पनि भइरहेको छ । तर, कहिले चल्छ भनेर अहिल्यै भन्ने अवस्था छैन ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...