News Portal

  • सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेस निकट व्यवसायी विजयी

    हिमाली संचार संवाददाता
    ७०३ पटक

    सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । सोमबार घोषणा गरिएको मतपरिणाम अनुसार रावतले प्रतिष्पर्धी प्रकाश उप्रेतीलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार ८ सय १० मत प्राप्त गर्दै रावत विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रकाश उप्रेतीले ७ सय ९३ मत प्राप्त गरे ।

    रावत र उप्रेती प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। उप्रेतीलाई नेकपा समर्थित व्यापारीहरुले समर्थन गरेका थिए भने रावत कांग्रेस निकट व्यवसायीहरुको समर्थनमा एक्लै चुनावी मैदानमा होमिएका थिए।

    संघका हालसम्मका ४ जना पूर्व अध्यक्षहरु उप्रेतीको पक्षमा उभिँदा एक जना पूर्व अध्यक्ष टेकबहादुर भण्डारी मात्र रावतको पक्षमा थिए। चुनावी परिणामसंगै सबै पूर्व अध्यक्षहरुमा एक जनाको समर्थन भारी परेको देखियो।

    रावत नेतृत्वको लोकतान्त्रिक समूहबाट अध्यक्षसहित महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदमा निर्वाचित भएका छन्। मत परिणाम अनुसार महासचिवमा लोकतान्त्रिक समूहका लक्ष्मण कँडेलले ७ सय ७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम् प्रतिद्धन्द्धी संयुक्त व्यवसायी समूहका कलाधर उपाध्याय केदारले ७ सय ४८ मत प्राप्त गरेका छन् ।

    सचिवमा लोकतान्त्रिक समूहका रामप्रसाद पाण्डेले ७ सय ६५ मत ल्याई विजयी हुँदा संयुक्त व्यवसायी प्यानलका शिवराज जैसीले ७ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै गरी कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका भद्र भण्डारीले ८ सय ६ मत ल्याइ विजयी हुँदा संयुक्त व्यवसायिक प्यानलका गोविन्द पाण्डेले ७ सय ३० मत ल्याए।

    संघको बरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा हर्ष बिक्रम खड्का ७ सय ८९ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक समूहका बासुदेव शर्माले ७ सय ७४ मत पाएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा दीपेन्द्र ढकालले ७ सय ७३ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक समूहका प्रवल शाहीले ७ सय ६४ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत ८ सय ५ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिद्धन्दी हरी बिष्टले ७ सय २४ मत पाएका छन् ।

    त्यस्तै संघको महिला उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका उम्मेदवार कृष्णाकुमारी थापा ७ सय ६६ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। महिला उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलकी बसन्तीकुमारी बस्नेतले ७ सय ४७ मत प्राप्त गरेकी छिन् । संघको नयाँ नेतृत्वका लागि मंसिर २९ गते मतदान भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...