News Portal

राउटे बस्तीको एउटा कथा – समयले कोल्टे फेरिसक्यो ढुङ्गे युगबाट कृषि युग हुदै…

हिमाली संचार संवाददाता
६८१ पटक

समयले कोल्टे फेरिसक्यो ढुङ्गे युग बाट कृषि युग हुदै अहिलेको बैज्ञानिक युगमा प्रवेश गरिरहेको अवस्थामा एउटा वर्ग अझै पनि पुरानै युगमा देख्दा समृद्धिका कुराहरु निकै खल्लो लाग्दो रहेछ ।

दैलेख वरपरको गाँउमा हेर्ने कथाको टिमले तयार पारेको राउटे बस्तीको कथाबाट उनीहरुको कष्टकर जिबन देख्दा देशमा रेल भन्दा पहिला तिनीहरुको भान्छामा तेल पुर्याउनु पर्ने भान हुन्छ । पानी जाहाजको आवस्यकता भन्दा उनीहरुको वसोवासको व्यवस्था मिलाउनु ठुलो उपल्बधी जस्तो लाग्छ ।

पुर्खाको भेष भुषालाई आत्मसाथ गरेर परिवर्तन तर्फ आँउन नखोज्ने उनीहरुको स्वभावलाई परिवर्तन गर्न अत्यन्त जरुरी छ । शिक्षा, स्वास्थ्य र उचित खानपिनको अभावले पक्कै पनि विभिन्न समस्याहरु सिर्जना हुन सक्छन् । भत्ता र सहयोगको कारणले पेशालाई छाडेर त्यही भक्तामा भर पर्ने र आशा गर्ने वानीको बिकास भइरहेको अवस्थामा दिर्घकालिन व्यवस्थामा जोड दिनु पर्ने हो ।

राउटे वस्तीको प्रतिनिधित्व गर्ने एक बालक बिर्खे शाहीको बोलीहरु सुन्दा उनलाई आफनो देश नै थाहा नभए जस्तो भान हुन्छ । क्यामरा, गाडी,मोवइल जस्ता कुराहरु निकै अनौठो मानिरहेका उनलाई संविधानमा उनको पढ्न पाउने, खान पाउने जस्ता आधारभुत अधिकारको बारे कस्ले भन्ने ।

विदेशीको सहयोग तथा विभिन्न व्यक्तिहरुको सहयोगले खानको लागि खासै समस्या नभएतापनि त्यो भत्ता तथा सहयोगको मध्यपानमा खर्च भएको अवस्थाले पनि पछिल्लो पुस्तामा पर्ने खराब असरहरु देख्न सकिन्छ ।

एउटा लुकेको कथा राउटे बस्तीको कथा अवस्य हेर्नु होला ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...