News Portal

लिभरपुलमा एनआरएनएले पायो नयाँ नेतृत्व, संयोजकमा गाेपाल अधिकारी सर्वसम्मत

हिमाली संचार संवाददाता
४९२ पटक

शिब भण्डारी – लण्डन  बेेेेलायत लाल इंग्ल्याण्ड नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लिभरपुलको द गोर्खा रेष्टुरेन्टको सभा हलमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आथित्यमा समाजका अगुवा गोपाल अधिकारीको संयोजकमा अन्तर्क्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललित न्यौपाने,उपाध्यक्ष प्रेम गाहा मगर, शेर सुनार, उपमहासचिव विनय अधिकारी,एनआरएन यूकेका धर्म विभाग प्रमुख होमनाथ पौडेल, एनआरएन यूकेका सल्लाहकार कमल पौडेल, प्रा.डा.पदम सिंखडा,डा. पुरुषोत्तम पौडेल, डा. हेमराज शर्मा, एन आर एन अभियन्ता दयानिधि सापकोटा ,भक्त गुरुङ वेल्स,परिषदका अध्यक्ष रामचन्द्र पोखरेल लगायत इंग्ल्याण्ड नर्थवेस्ट क्षेत्रका सक्रिय नेपाली बीच बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयमा बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघलाई अझ मजबुत बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको मायाँ र सहयोग आबस्यक पर्ने बताए । गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आबश्यक सल्लाह र सुझाब दिनुहुन अनुरोध गर्दै हामी सबै मिलेर काम गर्न सकेमा समस्याको समाधानमा धेरै सहज हुने कुरामा जोड दिदै , दियो लिएर आएका छौ,थोरै तेल थपिदिन फगामीले अनुरोध गरे ।

अन्तरक्रिया कार्यक्रमको संचालन गर्दै एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले गैर-आवासिय नेपाली संघ बेलायत भर फैलिन सफल भएको बताउदै केन्द्रले गरेका बिशेष कार्यहरुको समिक्षा एबम गैर आवासिय नेपाली संघ देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागि संगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द रहेको जानकारी गराए।

यसैबीच एनआरएन यूकेले लिभरपुलमा गरेको अन्तरक्रिया पछि समाजका अगुवा गोपाल अधिकारी लाई नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच सहमति गरि समिति विस्तार गर्न संयोजक तोकेको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...