News Portal

कुवेतमा प्रताडित छोरीलाई झिकाइदिन आमाको हारगुहार !

६०२ पटक

हरि अधिकारी
वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् ।

मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए । राईलाई पक्रेर छोरीलाई झिकाउने पहल गर्न विष्णुले माग गरेकी छन् ।

‘९० केडी दिने भन्दै कुवेत लगे,’ उनले भनिन्, ‘सुरुमा बच्चा हेर्ने काम छ भन्थी, अहिले अर्कै ठाउँ सरेकी छ रे । घर फर्कन दिएका छैनन् ।’

दुई महिनाअघि सारेको ठाउँमा छोरीलाई यातना दिइने गरेको विष्णुको भनाइ छ । आफूमाथि बारम्बार कुटपिट हुने गरेको छोरीले रुँदै टेलिफोनमा सुनाएको उनले बताइन् । पूजाले काम गरेको तलव पनि नियमित नपाएको र खानसमेत समयमा नदिइने गरेको विष्णु बताउँछिन् ।

छिमेकीसमेत रहेका सम्धी रामबहादुर राईलाई लिएर विष्णु आइतबार छोरी खोज्न भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगर आइपुगेकी थिइन् । त्यहीँ भेटिएकी उनले भनिन्, ‘पठाउने मान्छेलाई समाते छोरी घर झिकाउँथे कि ?’

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तत्काल अबैध बाटो हुदै विदेश पठाउने सन्तोषलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरेका छन् ।

आठ बर्षअघि सन्तोष तामाङसँग विवाह गर्दा पूजा मात्र १६ वर्षकी थिइन् । उनको वैवाहिक जीवन सुखद हुन सकेन । श्रीमानसँग सम्वन्ध बिग्रिएपछि ७ बर्षीय छोरीको लालनपालनका लागि पूजा विदेशिएकी हुन् ।

प्रतिकृया दिनुहोस्

कुवेत–काठमाडौं जोडिएको मानव तस्करीको जालो उजागर

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...