News Portal

कुवेतमा प्रताडित छोरीलाई झिकाइदिन आमाको हारगुहार !

६७७ पटक

हरि अधिकारी
वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् ।

मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए । राईलाई पक्रेर छोरीलाई झिकाउने पहल गर्न विष्णुले माग गरेकी छन् ।

‘९० केडी दिने भन्दै कुवेत लगे,’ उनले भनिन्, ‘सुरुमा बच्चा हेर्ने काम छ भन्थी, अहिले अर्कै ठाउँ सरेकी छ रे । घर फर्कन दिएका छैनन् ।’

दुई महिनाअघि सारेको ठाउँमा छोरीलाई यातना दिइने गरेको विष्णुको भनाइ छ । आफूमाथि बारम्बार कुटपिट हुने गरेको छोरीले रुँदै टेलिफोनमा सुनाएको उनले बताइन् । पूजाले काम गरेको तलव पनि नियमित नपाएको र खानसमेत समयमा नदिइने गरेको विष्णु बताउँछिन् ।

छिमेकीसमेत रहेका सम्धी रामबहादुर राईलाई लिएर विष्णु आइतबार छोरी खोज्न भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगर आइपुगेकी थिइन् । त्यहीँ भेटिएकी उनले भनिन्, ‘पठाउने मान्छेलाई समाते छोरी घर झिकाउँथे कि ?’

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तत्काल अबैध बाटो हुदै विदेश पठाउने सन्तोषलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरेका छन् ।

आठ बर्षअघि सन्तोष तामाङसँग विवाह गर्दा पूजा मात्र १६ वर्षकी थिइन् । उनको वैवाहिक जीवन सुखद हुन सकेन । श्रीमानसँग सम्वन्ध बिग्रिएपछि ७ बर्षीय छोरीको लालनपालनका लागि पूजा विदेशिएकी हुन् ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...