News Portal

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

७२ पटक

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने उद्देश्यले २९ जनवरी २०२६ मा कुवेतस्थित कोस्टा डेल सोल होटलको सभाहलमा श्रमसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सप्पन्न भयाे।

कार्यक्रममा प्रमुख अतिथि कुवेतका लागि  राजदूत घनश्याम सम्सालले सही सूचना प्रवाहमार्फत कुवेतमा रहेका नेपाली नागरिकलाई जानकार र सचेत बनाउनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँले यहाँ क्रियाशील विभिन्न नेपाली संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सामूहिक हितका लागि सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। दूतावास यस कार्यमा नेतृत्वदायी तथा समन्वयकारी भूमिका खेल्न सधैं तत्पर रहेको पनि उहाँको भनाइ थियो।

राजदूत सम्सालले नेपाली श्रमिकहरूको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै दूतावासले सरल, शीघ्र र प्रभावकारी सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो। सो अवसरमा उहाँले श्रमिक प्रतिनिधिहरू तथा सहभागीहरूसँग बृहत्तर छलफल गर्दै उठेका गुनासा र सुझावहरू यथाशक्य सम्बोधन तथा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूबीच दूतावासको सेवा प्रवाह, त्यसमा देखिएका चुनौती र समाधानका उपायहरू, साथै कुवेतमा उपलब्ध रोजगारीका अवसरहरूबारे विस्तृत छलफल गरिएको थियो। वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित, भरपर्दो र गुणस्तरीय बनाउन दूतावासले चालेका कदम तथा आगामी रणनीतिबारे पनि विचार–विमर्श गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा उपनियोग प्रमुख तथा काउन्सेलर श्री सुजनी रानाले राहदानी सेवा, प्रमाणीकरण सेवा, यात्रा अनुमति पत्र, श्रमिकहरूले गर्न हुने तथा नहुने कार्य, विप्रेषण साक्षरता र सामाजिक सञ्जालको संयमित प्रयोगलगायत विषयमा प्रस्तुतीकरण दिनुभयो। त्यस्तै श्रम सहचारी श्री जनार्दन गौतमले सामाजिक सुरक्षा कोषमा आबद्धता, टेलिमेडिसिन सेवा र वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सुविधालगायत विषयमा जानकारी गराए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेत, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, स्थानीय पत्रकार तथा राजनीतिक दलसम्बद्ध संगठनका प्रतिनिधिसहित १०० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...