News Portal

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

२२५ पटक

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरअघिदेखि बैठक चलिरहेको र संगठनात्मक तथा निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ अनुपस्थित छन्। अधिकारी हाल विदेशमा रहेकाले र गौतम पार्टीको कार्यक्रमका सिलसिलामा झापा जानुपर्ने भएकाले उपस्थित हुन नसकेको प्रवक्ता झाले बताए। तामाङ बैठकमा सहभागी हुने जानकारी आए पनि समाचार तयार पार्दासम्म उनी उपस्थित भइनसकेकी जनाइएको छ।

सचिवालय बैठकमा १० वटा कार्यसूची रहेका छन्। कार्यसूचीको पहिलो बुँदामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको अन्तिम मिति तोक्ने विषय समेटिएको छ। यसका साथै उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका विषयमा पनि छलफल भइरहेको छ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गते तोकिएको छ। समानुपातिकतर्फको बन्दसूची भने दलहरूले निर्वाचन आयोगमा यसअघि नै बुझाइसकेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिक बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलहरूलाई पुस २१ देखि २७ गतेसम्मको समय दिइएको छ। उम्मेदवारी फिर्ता लिन चाहनेका लागि पुस २८ गतेको समय तोकिएको छ।

यस्तै, सचिवालय बैठकमा रास्वपाले समानुपातिकतर्फ चयन भएका उम्मेदवारको परिचालन र जिम्मेवारीबारे पनि छलफल गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...