News Portal

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

७७ पटक

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरअघिदेखि बैठक चलिरहेको र संगठनात्मक तथा निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ अनुपस्थित छन्। अधिकारी हाल विदेशमा रहेकाले र गौतम पार्टीको कार्यक्रमका सिलसिलामा झापा जानुपर्ने भएकाले उपस्थित हुन नसकेको प्रवक्ता झाले बताए। तामाङ बैठकमा सहभागी हुने जानकारी आए पनि समाचार तयार पार्दासम्म उनी उपस्थित भइनसकेकी जनाइएको छ।

सचिवालय बैठकमा १० वटा कार्यसूची रहेका छन्। कार्यसूचीको पहिलो बुँदामै प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको अन्तिम मिति तोक्ने विषय समेटिएको छ। यसका साथै उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका विषयमा पनि छलफल भइरहेको छ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गते तोकिएको छ। समानुपातिकतर्फको बन्दसूची भने दलहरूले निर्वाचन आयोगमा यसअघि नै बुझाइसकेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिक बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलहरूलाई पुस २१ देखि २७ गतेसम्मको समय दिइएको छ। उम्मेदवारी फिर्ता लिन चाहनेका लागि पुस २८ गतेको समय तोकिएको छ।

यस्तै, सचिवालय बैठकमा रास्वपाले समानुपातिकतर्फ चयन भएका उम्मेदवारको परिचालन र जिम्मेवारीबारे पनि छलफल गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...