News Portal

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

७४ पटक

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा बसेको सचिवालय बैठकले प्रतिष्ठान प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेलको स्थानमा रिमाललाई अघि सार्ने प्रस्ताव राखेका थिए। ओलीले रिमाललाई उपयुक्त जिम्मेवारी दिनुपर्ने आवश्यकता औंल्याउँदै प्रतिष्ठानको नेतृत्व सुम्पनुपर्ने धारणा राखेका थिए।

११औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार रहेका रिमाल केन्द्रीय सदस्यमा पराजित भएपछि हाल कुनै औपचारिक जिम्मेवारीमा थिएनन्। सोही पृष्ठभूमिमा उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाइएको हो।

पोखरेललाई जिम्मेवारीबाट हटाउने विषयमा बैठकमा केही पदाधिकारीले असहमति जनाएका थिए। महाधिवेशन भर्खरै सम्पन्न भएको र आगामी निर्वाचनको सन्दर्भमा यस्तो निर्णयले पार्टी एकतामा असर पार्न सक्ने उनीहरूको तर्क थियो।

तर अध्यक्ष ओली आफ्नै प्रस्तावमा कायम रहेपछि अन्ततः पोखरेलबाट जिम्मेवारी फिर्ता लिने निर्णय बैठकले गरेको हो।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...