News Portal

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

२५९ पटक

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा बसेको सचिवालय बैठकले प्रतिष्ठान प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पोखरेलको स्थानमा रिमाललाई अघि सार्ने प्रस्ताव राखेका थिए। ओलीले रिमाललाई उपयुक्त जिम्मेवारी दिनुपर्ने आवश्यकता औंल्याउँदै प्रतिष्ठानको नेतृत्व सुम्पनुपर्ने धारणा राखेका थिए।

११औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार रहेका रिमाल केन्द्रीय सदस्यमा पराजित भएपछि हाल कुनै औपचारिक जिम्मेवारीमा थिएनन्। सोही पृष्ठभूमिमा उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख बनाइएको हो।

पोखरेललाई जिम्मेवारीबाट हटाउने विषयमा बैठकमा केही पदाधिकारीले असहमति जनाएका थिए। महाधिवेशन भर्खरै सम्पन्न भएको र आगामी निर्वाचनको सन्दर्भमा यस्तो निर्णयले पार्टी एकतामा असर पार्न सक्ने उनीहरूको तर्क थियो।

तर अध्यक्ष ओली आफ्नै प्रस्तावमा कायम रहेपछि अन्ततः पोखरेलबाट जिम्मेवारी फिर्ता लिने निर्णय बैठकले गरेको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...