News Portal

पत्रकार शाहको पक्राउको भत्सर्ना गर्दै तरुण दलले भन्यो – प्रेस स्वतन्त्रता विरोधी हर्कत रोक !

हिमाली संचार संवाददाता
५०९ पटक

काठमाडौँ : नेपाल तरुण दलले देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहलाई समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालय शितल निवासबाट पक्राउ गरिएकोप्रति भत्सर्ना गरेको छ।

साथै शाहलाई पक्राउ गरिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता विरोधी गतिविधि रोक्न सरकारलाई चेतावनी दिएको छ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पत्रकार शाहलाई अपराह्न प्रहरीले बिना कारण पक्राउ गरेको घटनाप्रति नेपाल तरुण दल घोर भत्सर्ना गर्दछ।’

समाचार संकलन गरेको र तस्बिर खिचेकै कारणले एकजना पत्रकारलाई जेल हाल्नेसम्मको हर्कत गर्नु प्रेस स्वतन्त्रता विरोधी र समान्य लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको ठहर गर्दै शाहीले विज्ञप्तीमा भनेका छन्, ‘यस्तो निरंकुस कदमले अधिनायकवादी बन्दै गएको पुष्टि हुन्छ।’

तरुण दलले कुनै पनि बहानामा प्रेसमाथि हस्तक्षेप र पत्रकारमाथि धरपकड नगर्न सरकारलाई चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...