News Portal

कुवेतमा सडक दुर्घटनामा एक नेपालीको मूत्यु

हिमाली संचार संवाददाता
५६८ पटक

कुवेत : कुवेतमा सडक दुर्घटनामा परि एक नेपाली युवाको मृत्यु भएको छ । दाङका लक्ष्मण बहादुर खत्रीको गत शुक्रबार (डिसेम्बर ७ तारिख) मृत्यु भएको हो ।

नोभेम्बर २३ तारीखमा सवारी साधनको ठक्करबाट शख्त घाइते भएका खत्रीको उपचारकै क्रममा अस्पतालमा निधन भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

कुवेतको इस्को ईन्टरगल सर्भिसेज कम्पनीमा काम गर्दै आएका खत्री केही समय देखि भागेर अबैधानिक (इलिगल) रुपमा बसोबास गरिरहेको बुझिएको छ ।

मृतकको शव नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु गरेपनी अबैधानिक भएकाले समस्या भएको दूतावासले बताएको छ । यद्यपि छिटोभन्दा छिटो शव नेपाल पठाउन आवश्यक क्षतिपूर्तिको लागि पहल गरिने दूतावास कुवेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...