
काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा गोली प्रहार गरेको छ। प्रहरीका अनुसार यस घटनामा गाडीमा सवार पाँच जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार बिहान करिब ८:४५ बजे सुरु भएको घटनामा गोलीबारी करिब एक घन्टासम्म चलेको थियो। आक्रमणकारीहरूले प्रहरीको गाडीमा आगो समेत लगाएको प्रहरी स्रोतले बताएको छ।
अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिनु भएको छैन।