News Portal

हुम्लामा कैदीले हाले प्रहरीको आखाँमा चाउचाउको खुसार्नी धुलो

हिमाली संचार संवाददाता
५५९ पटक

हुम्ला – सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।

प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, आज बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर उनले भाग्न खोजेको थियो । प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका उनलाई जिल्ला अदालत हुम्लाको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...