News Portal

‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

३०० पटक

 कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर प्रश्न उठेको छ। नवगठित सामाजिक संस्थामा राजनीतिक हस्तक्षेपको आशंका, सदस्यहरूबीच गम्भीर प्रश्न हालै मात्र गठन गरिएको एक सामाजिक संस्थाभित्र राजनीतिक प्रभाव प्रवेश गरेको आरोप उठ्दै विवाद चुलिएको छ।

संस्थाको लक्ष्य सामाजिक सेवा, एकता र सहयोगका गतिविधिमा केन्द्रित भएको भए पनि केही व्यक्तिहरूले व्यक्तिगत राजनीतिक स्वार्थका लागि संस्थालाई प्रयोग गर्न खोजेको गुनासो सार्वजनिक भएको हो। सदस्यहरूका अनुसार, संस्थाभित्रका केही व्यक्तिहरूले राजनीतिक दलसँग निकटता बढाउँदै अन्य सदस्यहरूलाई समेत पार्टीतर्फ आकर्षित गर्न प्रयास गरेको भन्दै असन्तुष्टि बढेको छ। नवगठित संस्थामा यस्ता गतिविधिले संस्थाको विश्वसनीयता र स्वच्छ छविमा असर पर्ने चिन्ता सदस्यहरूले व्यक्त गरेका छन्।

एउटा सदस्यका शब्दमा, “सामाजिक उद्देश्यका लागि बनेको संस्थामा राजनीति घुसाउँदा संस्थावाद, पारदर्शिता र निर्भरतामा प्रश्न उठ्छ। यहाँ कसैलाई राजनीतिक लाभको माध्यम बनाउन मिल्दैन।” यस विषयमा संस्थाका सल्लाहकारद्वारा स्पष्टिकरण माग गरिएको छ भने केही सदस्यहरूले संस्थालाई राजनीतिक स्वार्थबाट जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

कुवेतस्थित नेपाली समुदायबीच यो घटनाले चर्चा पाएको छ र धेरैजना संस्थाको उद्देश्य, विश्वसनीयता र आगामी भूमिकाबारे चासोका साथ हेरिरहेका छन्।

सम्बद्ध पक्षहरूले छिट्टै आन्तरिक रूपमा विषय स्पष्ट पारेर संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्न आग्रह गरिएको छ।सामाजिक सेवा र आपसी सहयोगलाई प्राथमिकता दिँदै अगाडि बढिरहेको युवा शक्ति कुवेत संस्थाभित्र हालै राजनीतिक प्रयोगको आरोपसँग सम्बन्धित विषयले चर्चा पाएको छ। संस्थाका सल्लाहकारले सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै संस्थालाई राजनीतिक स्वार्थमा तान्ने प्रयासप्रति कडा आपत्ति जनाएका छन्।

उनका अनुसार, केही व्यक्तिहरूले संस्थाको नाम र सदस्यहरूको पहुँचलाई उपयोग गर्दै राजनीतिक दलमा सदस्यता दिलाउन कल गरेको सम्बन्धमा ३–४ जनाले व्यक्तिगत रूपमा गुनासो गरेका थिए। सो गुनासोलाई सामान्य समूहमै प्रष्टिकरण गर्न खोज्दा संस्थाभित्रकै केही व्यक्तिबाट “ब्यक्तिगत स्वाधीनतामा खलल पुर्‍याएको” भन्ने प्रतिक्रिया आएको सल्लाहकारले बताएका छन्।

सल्लाहकार बिजय खत्रीले भने कसैले राजनीतिक दलमा लाग्नु व्यक्तिगत अधिकार हो। हामीले पनि सम्मानपूर्वक शुभकामना दिएका थियौँ। तर संस्थाको नाम, छवि र सदस्यहरूलाई प्रयोग गरेर राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास स्वीकार्य छैन। युवा शक्ति कुवेत एक स्वच्छ छवि भएको संस्था हो—यहाँ नातावाद, कृपावाद होइन, सत्य र पारदर्शितामै हामी चल्छौँ।”

उनले आफू संस्था सल्लाहकार रहँदासम्म कुनै पनि राजनीतिक दलमा नलाग्ने स्पष्ट गर्दै, संस्थामार्फत राजनीति गर्ने वा अरूलाई तान्ने कार्य हुन नदिने बताए।म सल्लाहकार रहुञ्जेल राजनीति गर्न पनि सक्दिन, अरूलाई गर्न पनि दिँने छैन। संस्थालाई आड बनाएर राजनीति गर्ने गतिविधि सहय छैन।” सल्लाहकारले आफूविरुद्ध कुनै पनि आरोप वा शंका हुनुकाे अवस्थामा प्रमाणसहित बाहिर ल्याउन समेत अनुरोध गर्दै संस्थामा पारदर्शिता, मर्यादा र उत्तरदायित्वकै अभ्यास हुने बताए। युवा शक्ति कुवेतले सामाजिक एकता, पारदर्शिता र सहयोगलाई मुख्य उद्देश्य मानेर अघि बढिरहेको बताउँदै उनले अन्त्यमा “जय युवा शक्ति, जय देश” नारासहित सबैलाई संगठनको मूल मूल्य जोगाउन अपिल गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...