News Portal

अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

१४९ पटक

काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही क्रममा अमेरिका सरकारले फेरि ३५ जना नेपालीलाई डिपोर्ट गर्दै उनीहरूलाई नेपाल पठाएको छ। मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार एक महिलासहित फर्काइएका सबैलाई काठमाडौं आइपुगेपछि परिवारको जिम्मा लगाइएको हो।

व्युरोका अनुसार ३५ मध्ये ३३ जना अमेरिका गैरकानुनी बाटो हुँदै पुगेका थिए। उनीहरूले दलाललाई ५० लाखदेखि एक करोड रुपैयाँसम्म बुझाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। डिपोर्ट भएकामध्ये १६ जना दाङका र १० जना रुकुमका छन्। बाँकी २ जना विद्यार्थी तथा पर्यटक भिसामा गएर अवैध बसाइका कारण जेल परेका थिए।

यता अर्को घटना म्यानमारसँग सम्बन्धित छ। चाइनीज गिरोहले अवैध रूपमा म्यानमार पुर्‍याएर जोखिमपूर्ण काममा लगाइएका ३७ नेपालीलाई त्यहाँको सरकारले उद्धार गरेको छ। उनीहरूलाई थाइल्याण्ड मार्ग हुँदै स्वदेश पठाइएको व्युरोका प्रवक्ता खड्काले बताए। यी नेपालीलाई ‘साइबर स्क्याम’मा प्रयोग गरिएको प्रारम्भिक विवरण आएको छ।

अवैध आप्रवासनमा परेका नेपालीहरूको संख्या बढ्दै जाँदा सम्बन्धित निकायले नियन्त्रण र सचेतना दुवै पक्ष सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...