News Portal

अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

२३१ पटक

काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही क्रममा अमेरिका सरकारले फेरि ३५ जना नेपालीलाई डिपोर्ट गर्दै उनीहरूलाई नेपाल पठाएको छ। मानव बेचबिखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार एक महिलासहित फर्काइएका सबैलाई काठमाडौं आइपुगेपछि परिवारको जिम्मा लगाइएको हो।

व्युरोका अनुसार ३५ मध्ये ३३ जना अमेरिका गैरकानुनी बाटो हुँदै पुगेका थिए। उनीहरूले दलाललाई ५० लाखदेखि एक करोड रुपैयाँसम्म बुझाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। डिपोर्ट भएकामध्ये १६ जना दाङका र १० जना रुकुमका छन्। बाँकी २ जना विद्यार्थी तथा पर्यटक भिसामा गएर अवैध बसाइका कारण जेल परेका थिए।

यता अर्को घटना म्यानमारसँग सम्बन्धित छ। चाइनीज गिरोहले अवैध रूपमा म्यानमार पुर्‍याएर जोखिमपूर्ण काममा लगाइएका ३७ नेपालीलाई त्यहाँको सरकारले उद्धार गरेको छ। उनीहरूलाई थाइल्याण्ड मार्ग हुँदै स्वदेश पठाइएको व्युरोका प्रवक्ता खड्काले बताए। यी नेपालीलाई ‘साइबर स्क्याम’मा प्रयोग गरिएको प्रारम्भिक विवरण आएको छ।

अवैध आप्रवासनमा परेका नेपालीहरूको संख्या बढ्दै जाँदा सम्बन्धित निकायले नियन्त्रण र सचेतना दुवै पक्ष सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...