News Portal

पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

१९९ पटक

पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्।

कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक फुटाउने र व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्न आग्रह गरेको प्रमाण भेटिएको छ। मंगलबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पाण्डे पोखरामा सञ्चालनमा रहेको संघर्षशील सहकारीका अध्यक्षसमेत हुन्। उनले सो सहकारीको रकम दुरुपयोग गरेको आरोपमा यसअघि पनि पक्राउ परेका थिए र धरौटीमा छुटेका थिए।

डीएसपी हरि बस्नेतका अनुसार उनका विरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको छ र हाल थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...