News Portal

सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

२५० पटक

पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका नेता पञ्चराम तमुले लिएर गएका छन्। यसका कारण सभामुख कृष्णप्रसाद धिताल हाल गाडीविहीन बनेका छन्।

भदौ २४ मा सातै प्रदेशका २८ राप्रपा सांसदले संसदबाट राजीनामा दिने निर्णय गरेका थिए। सो क्रममा तमु र सचेतक विन्दु पौडेलले गाडी सचिवालयमा फिर्ता गरेका थिए। तर, केही दिनअघि तमुले आफैं सो गाडी लिएर गएको सचिवालयले जनाएको छ।

सूचना अधिकारी शशीधर सुवेदीका अनुसार, “गाडी फिर्ता गरेको मौखिक जानकारी थियो, लिखित थिएन। अहिले आवश्यक भएकाले उनले पुन: लिएर गएका हुन्।” सभामुख धितालले पनि भने, “गाडी कम भएकोले आलोपालो चढ्नुपर्ने भयो।”

संसदमा हाल बाँकी तीन गाडीमध्ये एक तमुले लिएर गएका छन् भने अन्य दुई उपसभामुख र सचिव प्रयोगमा छन्। गण्डकी प्रदेश सभाको आगामी बैठक कात्तिक २४ मा आयोजना हुने तयारी छ। अघिल्लो बैठक असोज २२ मा तयारी नपुग्दा र अवस्था अनुकूल नदेखिँदा स्थगित गरिएको थियो। प्रदेश सभा भवनमा आगजनी भएपछि बैठक मालेपाटनस्थित मन्त्रालय सभाहलमा राख्ने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...