News Portal

सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

१५० पटक

पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका नेता पञ्चराम तमुले लिएर गएका छन्। यसका कारण सभामुख कृष्णप्रसाद धिताल हाल गाडीविहीन बनेका छन्।

भदौ २४ मा सातै प्रदेशका २८ राप्रपा सांसदले संसदबाट राजीनामा दिने निर्णय गरेका थिए। सो क्रममा तमु र सचेतक विन्दु पौडेलले गाडी सचिवालयमा फिर्ता गरेका थिए। तर, केही दिनअघि तमुले आफैं सो गाडी लिएर गएको सचिवालयले जनाएको छ।

सूचना अधिकारी शशीधर सुवेदीका अनुसार, “गाडी फिर्ता गरेको मौखिक जानकारी थियो, लिखित थिएन। अहिले आवश्यक भएकाले उनले पुन: लिएर गएका हुन्।” सभामुख धितालले पनि भने, “गाडी कम भएकोले आलोपालो चढ्नुपर्ने भयो।”

संसदमा हाल बाँकी तीन गाडीमध्ये एक तमुले लिएर गएका छन् भने अन्य दुई उपसभामुख र सचिव प्रयोगमा छन्। गण्डकी प्रदेश सभाको आगामी बैठक कात्तिक २४ मा आयोजना हुने तयारी छ। अघिल्लो बैठक असोज २२ मा तयारी नपुग्दा र अवस्था अनुकूल नदेखिँदा स्थगित गरिएको थियो। प्रदेश सभा भवनमा आगजनी भएपछि बैठक मालेपाटनस्थित मन्त्रालय सभाहलमा राख्ने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...