
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन्।बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो। कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला। नलागे नलागोस् तिनीहरूलाई,’ प्रचण्डले भने।
देशभरि एकता घोषणा सभा र अभियान लिएर जाने उनले बताए।चुनावी परिचालनको अपिल गर्दै जानेछौं । देश एकचोटी फेरि हाम्रो आत्मसमीक्षा, आत्मआलोचना,प्रतिबद्धता,संकल्पलाई जनताले साथ दिने विश्वास हामीले लिएका छौं ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
