News Portal

जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

२३३ पटक

काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच त्रिपक्षीय संवाद भएको छ। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै भएको छलफलमा जेनजी प्रतिनिधिहरूले चुनावसँगै सुशासन र भ्रष्टाचारविरुद्ध ठोस कारबाही गर्न सरकारलाई आग्रह गरे।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार जेनजी समूहले निर्वाचन आवश्यक रहेको तर “चुनाव–चुनाव भनेर मात्रै नहुने” भन्दै राम्रो शासन र पारदर्शिताको माग गरेको थियो। उनीहरूले भ्रष्टाचार नियन्त्रण र जवाफदेहितालाई प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरे।

संवादमा सरकारतर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए।

जेनजी समूहका तर्फबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का प्रतिनिधिहरू उपस्थित थिए। राजनीतिक दलका तर्फबाट कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताहरूले पनि आफ्नो धारणा राखे।

बैठकमा निर्वाचनको वातावरण निर्माण, राजनीतिक सहमति र राष्ट्रिय एकताको आवश्यकताबारे विस्तृत छलफल गरिएको थियो। सरकारका अनुसार, निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला पक्षहरूसँग निरन्तर वार्ता अघि बढाइने छ।

प्रतिकृया दिनुहोस्

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...