News Portal

गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

२९७ पटक

काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको म्याद सकिनु अघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै हस्ताक्षर अभियान सञ्चालन गरेपछि पार्टीभित्र दुई धार स्पष्ट बनेका छन्।

संस्थापन पक्ष भने महाधिवेशनका लागि अहिले समय अनुकूल नभएको तर्क गर्दै, प्रतिनिधिहरूको म्याद सकिएको कारण हस्ताक्षर अमान्य हुने बताइरहेको छ। तर महामन्त्री थापाले यो विचारलाई कुतर्क ठहर गर्दै भने, “जसले केन्द्रीय समिति चयन गर्छ, उसको म्याद सकियो भन्नु हास्यास्पद कुरा हो।”

थापाले महाधिवेशन प्रतिनिधिलाई ‘म्याद सकिएको’ भनेर हेप्ने सोच तानाशाही प्रवृत्तिको परिचायक भएको बताए। उनका शब्दमा, “हस्ताक्षर गर्ने प्रतिनिधिलाई अवैधानिक भन्नु नागरिक र पार्टी दुवैको अपमान हो।”

उनले पार्टीभित्र सुधार र नयाँ नेतृत्वको आवश्यकतामा जोड दिँदै भने, “महाधिवेशन पार्टीलाई पुनर्जीवित गर्ने अवसर हो। अहिले महाधिवेशन नगर्नु भनेको कांग्रेसप्रति जनताको भरोसा हराउने बाटो खोल्नु हो।”

थापाका अनुसार, पार्टीले चुनावअघि नै अधिवेशन सम्पन्न गरेर स्पष्ट नीति, दृष्टिकोण र नेतृत्वसहित जनतामाझ जानुपर्ने समय आएको छ। “देशमा यत्रो राजनीतिक परिवर्तन भइरहँदा कांग्रेस मौन बस्न सक्दैन,” उनले भने।

देउवा नेतृत्वको समितिको म्याद थप्ने प्रयासबारे थापा असन्तुष्ट देखिए। उनले भने, “म्याद थप्ने कुरा कुनै समाधान होइन। अब समय गुमाएर होइन, पार्टी सुधार गरेर जनताको विश्वास फिर्ता ल्याउने बेला हो।”

थापाले महाधिवेशन रोक्न खोज्नु गलत भएको स्पष्ट गर्दै भने, “५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन रोक्ने अधिकार कसैसँग छैन। यो लोकतान्त्रिक अभ्यास हो, फुट होइन।”

उनका अनुसार, प्रविधिको युगमा दुई महिनामा पनि अधिवेशन सम्पन्न गर्न सकिन्छ। “६ महिनाको काम दुई महिनामा गर्न नसक्ने पार्टीले देश चलाउने क्षमता भएको दाबी गर्न मिल्दैन,” उनले कटाक्ष गरे।

अन्त्यमा उनले भने, “हामीले पार्टीभित्रका गल्तीहरू स्वीकार गरेर नयाँ दृष्टिकोणसहित जनतामाझ जानुपर्छ। महाधिवेशनले कांग्रेसलाई फेरि जनतासँग जोड्ने अवसर दिन्छ।”

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...