News Portal

जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

२०४ पटक

काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्। उनीहरूले देशभर रहेका जेनजी समूहहरूलाई एकताबद्ध बनाउन सरकारको पहल आवश्यक रहेको माग राखेका हुन्।

भेटपछि समूहकी प्रतिनिधि सदीक्षा राईले प्रधानमन्त्री कार्कीले आफ्नो मागलाई सकारात्मक रूपमा लिएको बताइन्। उनका अनुसार, “प्रधानमन्त्री र गृहमन्त्रीलाई मागपत्र बुझाइसकेका छौँ। उहाँहरूले हाम्रो कुरा मनोयोगपूर्वक सुन्नुभयो र सहयोग गर्ने आश्वासन पनि दिनुभयो।”

प्रधानमन्त्री कार्कीले पनि सबै खालका जेनजीहरूसँग संवाद भइरहेको र सरकारको तर्फबाट सक्दो सहयोग गरिने प्रतिक्रिया दिएकी थिइन्।

गत शनिबार माइतीघरमा प्रदर्शन गरेको जेनजी युनाइटेडका केही सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि समूहले आफ्ना मागहरू औपचारिक रूपमा सरकार समक्ष प्रस्तुत गरेको हो।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...