News Portal

  • जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    ५३ पटक

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्।

    दर्ता भएका दलहरू हुन् – राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी। राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केशवबहादुर थापाले असोज २४ गते आधिकारिकता पाएका थिए भने जनस्वराज पार्टीको अध्यक्ष दीपककुमार साहले असोज २८ गते आधिकारिकता पाएका छन्।

    निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, दलहरूले कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिनैपर्नेछ। ढिला गर्दा समस्या हुन सक्ने चेतावनी पनि दिइएको छ।

    त्यसैगरी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरू पनि आजै दर्ताका लागि आयोगमा जाने तयारीमा छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...