आज : २०२६-०६-१४, आइतबार

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हाल सातवटा दल दर्ताको प्रक्रियामा छन् भने कुल १६ वटा दल दर्ता प्रक्रियामा छन्।

दर्ता भएका दलहरू हुन् – राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी। राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केशवबहादुर थापाले असोज २४ गते आधिकारिकता पाएका थिए भने जनस्वराज पार्टीको अध्यक्ष दीपककुमार साहले असोज २८ गते आधिकारिकता पाएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, दलहरूले कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिनैपर्नेछ। ढिला गर्दा समस्या हुन सक्ने चेतावनी पनि दिइएको छ।

त्यसैगरी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरू पनि आजै दर्ताका लागि आयोगमा जाने तयारीमा छन्।