News Portal

उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

२५४ पटक

काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा नदिन आग्रह गरेका छन्। उनले समय खेर जाने अनावश्यक गतिविधिभन्दा काममा ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले उद्घाटन, शिलान्यास र प्रमुख अतिथि हुने जस्ता कार्यक्रममा नबोलाउन आग्रह गर्दै लेखे, “कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई यस्ता औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्नुहोस्।”

उनका अनुसार मन्त्री भएर ठूला समारोहमा उपस्थित हुनुभन्दा देश र शिक्षा क्षेत्रका वास्तविक समस्या समाधानमा लाग्नु नै प्राथमिकता हो।

पुनले आफू युनेस्कोको उज्बेकिस्तानमा भएको महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा आयोजित सम्मेलनमा पनि नगएको जानकारी दिएका छन्। उनले भने, “केही मन्त्रीहरू अत्यावश्यक कामकै लागि मात्र विदेश गएका हुन्, त्यसैले ‘विदेश घुम्न गयो’ भन्ने भ्रम नफैलाउनुस्।”

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका मन्त्री पुन आफ्नो फरक सोच र कार्यशैलीका कारण नियुक्तिपछि नै चर्चामा छन्। मन्त्रालयमा सुधार र व्यावहारिक नीतिमा जोड दिँदै उनले सादा र काममुखी व्यवहार देखाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...