News Portal

  • उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    १३७ पटक

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा नदिन आग्रह गरेका छन्। उनले समय खेर जाने अनावश्यक गतिविधिभन्दा काममा ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले उद्घाटन, शिलान्यास र प्रमुख अतिथि हुने जस्ता कार्यक्रममा नबोलाउन आग्रह गर्दै लेखे, “कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई यस्ता औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्नुहोस्।”

    उनका अनुसार मन्त्री भएर ठूला समारोहमा उपस्थित हुनुभन्दा देश र शिक्षा क्षेत्रका वास्तविक समस्या समाधानमा लाग्नु नै प्राथमिकता हो।

    पुनले आफू युनेस्कोको उज्बेकिस्तानमा भएको महासभा र ब्रिटिश काउन्सिलको नाइजेरियामा आयोजित सम्मेलनमा पनि नगएको जानकारी दिएका छन्। उनले भने, “केही मन्त्रीहरू अत्यावश्यक कामकै लागि मात्र विदेश गएका हुन्, त्यसैले ‘विदेश घुम्न गयो’ भन्ने भ्रम नफैलाउनुस्।”

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका मन्त्री पुन आफ्नो फरक सोच र कार्यशैलीका कारण नियुक्तिपछि नै चर्चामा छन्। मन्त्रालयमा सुधार र व्यावहारिक नीतिमा जोड दिँदै उनले सादा र काममुखी व्यवहार देखाइरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...