News Portal

दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

१६४ पटक

काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबीच आज आइतबार काठमाडौंमा छलफल भएको छ।

छठ पर्वपछि आन्दोलन गर्ने प्रसाईंको भनाइ सार्वजनिक भएपछि प्रशासनले चासो देखाउँदै उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोलाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलका अनुसार, छलफलमा उपत्यकाका तीनै जिल्लाका सीडीओ र प्रहरी प्रमुख उपस्थित थिए। बैठकमा प्रसाईंले अहिले कुनै आन्दोलन कार्यक्रम नरहेको स्पष्ट पारेका छन्।

पौडेलका भनाइ अनुसार, छलफलमा प्रसाईंका पछिल्ला अभिव्यक्ति र सामाजिक सञ्जालमा फैलिएका गतिविधिबारे पनि कुराकानी भएको थियो। प्रसाईंले प्रशासनलाई हाल आन्दोलन गर्ने कुनै योजना नभएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...