News Portal

भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

२९७ पटक

भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग पूरा नभए मंगलबारदेखि अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

नर्स र प्यारामेडिक्सहरूले तलब सुविधा, अतिरिक्त कामको भत्ता, करार नियुक्ति, पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउने, अनुभव पत्र उपलब्ध गराउने र कामको उचित समय तथा विश्राम सुनिश्चित गर्नुपर्ने माग राख्दै कार्तिक २ गतेदेखि आन्दोलन सुरु गरेका थिए।

समितिका अध्यक्ष रश्मी गहतराजका अनुसार, अस्पताल प्रशासनले एक सातासम्म पनि माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै मंगलबारसम्म नपुग्दा सम्पूर्ण सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा बिरामी र जनमानसमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै त्यसको जिम्मेवारी प्रशासनले लिनुपर्ने स्पष्ट पारेका छन्।

आन्दोलनरत नर्सहरूले मेडिकल कलेजमा कामको लोडअनुसार न्यून पारिश्रमिक पाएको र अत्यन्त कम तलब भत्तामा बिरामीको सेवा गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। वर्तमानमा नर्सिङ र प्यारामेडिक्सको संख्या करिब २५० जना रहेको छ।

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारी स्वास्थ्यकर्मीको बराबरी तलब भत्ता उपलब्ध गराउन निर्देशन दिँदै आएको भए पनि अस्पतालले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।

नर्स र प्यारामेडिक्सले अस्पताल प्रशासनलाई बारम्बार पत्र बुझाए पनि कुनै चासो नदेखाएपछि हातमा कालो पट्टी बाँधेर सेवा दिने र आकस्मिक सेवाबाहेक नयाँ बिरामी भर्ना नगर्ने कदम चालिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...