News Portal

भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

२०१ पटक

भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग पूरा नभए मंगलबारदेखि अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

नर्स र प्यारामेडिक्सहरूले तलब सुविधा, अतिरिक्त कामको भत्ता, करार नियुक्ति, पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउने, अनुभव पत्र उपलब्ध गराउने र कामको उचित समय तथा विश्राम सुनिश्चित गर्नुपर्ने माग राख्दै कार्तिक २ गतेदेखि आन्दोलन सुरु गरेका थिए।

समितिका अध्यक्ष रश्मी गहतराजका अनुसार, अस्पताल प्रशासनले एक सातासम्म पनि माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै मंगलबारसम्म नपुग्दा सम्पूर्ण सेवा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा बिरामी र जनमानसमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै त्यसको जिम्मेवारी प्रशासनले लिनुपर्ने स्पष्ट पारेका छन्।

आन्दोलनरत नर्सहरूले मेडिकल कलेजमा कामको लोडअनुसार न्यून पारिश्रमिक पाएको र अत्यन्त कम तलब भत्तामा बिरामीको सेवा गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। वर्तमानमा नर्सिङ र प्यारामेडिक्सको संख्या करिब २५० जना रहेको छ।

स्वास्थ्य मन्त्रालयले निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारी स्वास्थ्यकर्मीको बराबरी तलब भत्ता उपलब्ध गराउन निर्देशन दिँदै आएको भए पनि अस्पतालले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।

नर्स र प्यारामेडिक्सले अस्पताल प्रशासनलाई बारम्बार पत्र बुझाए पनि कुनै चासो नदेखाएपछि हातमा कालो पट्टी बाँधेर सेवा दिने र आकस्मिक सेवाबाहेक नयाँ बिरामी भर्ना नगर्ने कदम चालिएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...