News Portal

  • माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    १२९ पटक

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र समूहभित्र एकता कायम राख्न आह्वान गरेका छन्। प्रदर्शनमा शहीद परिवारका सदस्य र बालबालिकाहरू पनि सहभागी थिए।

    ‘जेन–जेड युनाइटेड’को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले शहीदहरूको रगत बर्बाद हुन नदिन तथा देशको घाउमा मौन नबस्न चेतावनीसमेत दिएका थिए।

    प्रदर्शनस्थलमा राखिएको ब्यानरमा जेनजी आन्दोलनको वास्तविक भावना जोगाउन र शहीदहरूको सपना पूरा गर्न सबै एक हुनु आवश्यक रहेको उल्लेख गरिएको थियो। ब्यानरमा भनिएको छ, “जेनजीको नाममा विभिन्न गतिविधिहरू हुँदैछ, त्यसैले हामी सबैले एक भएर जेनजी भावना बचाउनुपर्छ।”

    समर्थकहरूले सरकारले पनि जेनजी समूहलाई एकजुट बनाउन आवश्यक सहयोग गर्नुपर्ने कुरा जोड दिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...