News Portal

मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

२७४ पटक

काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। दैनिक किनमेलदेखि ठूला रकमका कारोबारसम्म अब धेरै नेपालीहरूले नगदका सट्टा मोबाइल बैंकिङ र वालेटमार्फत लेनदेन गर्न थालेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ८२ लाख ४० हजार पुगेको छ। गत वर्षको भदौमा यो सङ्ख्या दुई करोड ५२ लाख ७ हजार थियो।

डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या पनि स्थिर रूपमा बढ्दै गएको छ। एक वर्षको अवधिमा चार लाख २० हजार नयाँ प्रयोगकर्ता थपिएपछि हाल नेपालमा दुई करोड ४६ लाख ८४ हजार जनाले वालेट सेवा प्रयोग गरिरहेका छन्।

त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ३७ लाख ६३ हजार पुगेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ता तीन लाख २१ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता दुई लाख ५७ हजार पुगेका छन्।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि बढेर २२ लाख ७८ हजार पुगेको छ। साथै देशभर हाल चार लाख ३९ हजार पीएसपी एजेन्टहरू सेवा प्रदान गरिरहेका छन्।

कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या पनि निरन्तर बढ्दै गएको छ। २०८१ को भदौमा १३ लाख १५ हजार रहेको यो सङ्ख्या २०८२ को भदौसम्म आइपुग्दा १४ लाख ७२ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ।

डिजिटल कारोबारमा देखिएको यो तीव्र वृद्धि नेपाल नगदरहित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेको संकेत हो।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...