
काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। दैनिक किनमेलदेखि ठूला रकमका कारोबारसम्म अब धेरै नेपालीहरूले नगदका सट्टा मोबाइल बैंकिङ र वालेटमार्फत लेनदेन गर्न थालेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ८२ लाख ४० हजार पुगेको छ। गत वर्षको भदौमा यो सङ्ख्या दुई करोड ५२ लाख ७ हजार थियो।
डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या पनि स्थिर रूपमा बढ्दै गएको छ। एक वर्षको अवधिमा चार लाख २० हजार नयाँ प्रयोगकर्ता थपिएपछि हाल नेपालमा दुई करोड ४६ लाख ८४ हजार जनाले वालेट सेवा प्रयोग गरिरहेका छन्।
त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ३७ लाख ६३ हजार पुगेको छ भने क्रेडिट कार्ड प्रयोगकर्ता तीन लाख २१ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता दुई लाख ५७ हजार पुगेका छन्।
इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि बढेर २२ लाख ७८ हजार पुगेको छ। साथै देशभर हाल चार लाख ३९ हजार पीएसपी एजेन्टहरू सेवा प्रदान गरिरहेका छन्।
कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या पनि निरन्तर बढ्दै गएको छ। २०८१ को भदौमा १३ लाख १५ हजार रहेको यो सङ्ख्या २०८२ को भदौसम्म आइपुग्दा १४ लाख ७२ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ।
डिजिटल कारोबारमा देखिएको यो तीव्र वृद्धि नेपाल नगदरहित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेको संकेत हो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
