News Portal

भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

२२६ पटक

काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

प्रधानमन्त्री कार्कीले सरकार आन्दोलनको मर्मभन्दा बाहिर नजाने र कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताइन्। उनले भ्रष्टाचार अनुसन्धानमा तीव्रता आएको र सरकार जनताबाट पाएको ‘म्यान्डेट’अनुसार अघि बढिरहेको उल्लेख गरिन्। साथै, तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइन्।

छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुरानो संरचना यथावत् रहेकाले काम गर्न कठिनाइ भइरहेको बताए भने गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनका क्रममा भएको दमनबारे छानबिनको प्रगतिबारे जानकारी गराए।

रुपिन खड्काको नेतृत्वमा पुगेको १८ सदस्यीय टोलीले प्रधानमन्त्रीसमक्ष सरकारको ध्यान जेनजी आन्दोलनका मागभन्दा चुनावमा बढी केन्द्रित भएको भन्दै असन्तुष्टि जनायो र समयमै सुधार नभए आन्दोलन पुनः सुरु गर्ने चेतावनी दियो।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...