News Portal

भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

२९७ पटक

काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

प्रधानमन्त्री कार्कीले सरकार आन्दोलनको मर्मभन्दा बाहिर नजाने र कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बताइन्। उनले भ्रष्टाचार अनुसन्धानमा तीव्रता आएको र सरकार जनताबाट पाएको ‘म्यान्डेट’अनुसार अघि बढिरहेको उल्लेख गरिन्। साथै, तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइन्।

छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुरानो संरचना यथावत् रहेकाले काम गर्न कठिनाइ भइरहेको बताए भने गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनका क्रममा भएको दमनबारे छानबिनको प्रगतिबारे जानकारी गराए।

रुपिन खड्काको नेतृत्वमा पुगेको १८ सदस्यीय टोलीले प्रधानमन्त्रीसमक्ष सरकारको ध्यान जेनजी आन्दोलनका मागभन्दा चुनावमा बढी केन्द्रित भएको भन्दै असन्तुष्टि जनायो र समयमै सुधार नभए आन्दोलन पुनः सुरु गर्ने चेतावनी दियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...