News Portal

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

४७१ पटक

कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन सम्पुर्ण नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने गरि ‘युवा शक्ति अधिवेशन’ नोभेम्बर १४, २०२५ मा भव्य रूपमा गर्ने भएको छ।

अधिवेशनले प्रवासी नेपाली युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, एकताको सन्देश र प्रवासमा श्रमिककै रुपमा रहे पनि देश र जनता प्रतिपनि आफ्नो कर्तव्य रहन्छ भन्ने भावनाको साथ अधिवेशनले गर्ने लागेकाे युवा शक्ति कुवेतका संयोजकले हिमालीसंचारलाई बताए।

यसअघि नै रक्तदान जस्तो कार्यहरू आयोजना गरेर समाजमा यथार्थ उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवाशक्ति कुवेतले अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशातर्फ जाने बताए। कार्यक्रम कुवेतको शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया सभाहलमा आयोजना गरिनेछ।

कुवेतमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने युवाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। अधिवेशनमा नयाँ कार्यसमिति  चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम, तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

आयोजक समितिका अनुसार, कार्यक्रमको तयारी रहेकाे बताए। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने युवा शक्ति टीम कुवेतका युवा संयोजकले हिमालीसंचारलाई बताए।

कार्यक्रमकाे विवरण:-

मिति: नोभेम्बर १४, २०२५
स्थान: शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया
समय: बिहान ११ बजे
सम्पर्क: 51080935 / 97815771/ 69970058

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...