News Portal

तिहारका लागि पोखरामा सयपत्री फूलको मूल्य तोकियो, मालाको मूल्य १५० रुपैयाँसम्म

२३२ पटक

पोखरा, कार्तिक ३ – तिहार पर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले यस वर्षको सयपत्री फूलको मूल्य निर्धारण गरेको छ। महानगरले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन र उपभोक्तालाई उचित मूल्यमा फूल उपलब्ध गराउने उद्देश्यले फूललाई तीन ग्रेडमा वर्गीकरण गर्दै दर तोकेको हो।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य संघ, फ्लोरिकल्चर एसोसिएसन कास्की र कृषि ज्ञान केन्द्र कास्कीबीचको छलफलपछि मूल्य निर्धारण गरिएको हो।

तोकेको मूल्य अनुसार ‘ए’ ग्रेड (१५ देखि २० ग्राम) सयपत्रीको प्रति थुंगा ५ रुपैयाँ र माला १५० रुपैयाँमा बिक्री हुने छ। ‘बी’ ग्रेड (१० देखि १५ ग्राम) को थुंगा ४ रुपैयाँ र माला १३० रुपैयाँ, भने ‘सी’ ग्रेड (५ देखि १० ग्राम) को थुंगा २ रुपैयाँ र माला १०० रुपैयाँ तोकिएको छ।

महानगरका अनुसार तीनै ग्रेडका फूल प्रति किलो ३०० देखि ४०० रुपैयाँमा उपलब्ध हुनेछन्।

फूल खरिदका लागि बगर, महेन्द्रपुल, तालचोक लगायत २५ भन्दा बढी स्थानमा बिक्री केन्द्र तोकिएको छ। कात्तिक ३, ४ र ५ गते ती स्थानमा फूल बिक्री गरिनेछ।

यस वर्ष करिब ३०० रोपनी क्षेत्रफलमा सयपत्री खेती गरिएको छ। यसबाट करिब ३ लाख माला उत्पादन हुने र ३ देखि ४ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।

महानगरले पछिल्ला तीन वर्षदेखि किसानलाई बीउमा अनुदान, बजार व्यवस्थापनमा सहयोग र न्यूनतम समर्थन मूल्य प्रदान गर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...