News Portal

  • जेनजी आन्दोलनमा जलेका जग्गाधनीका अभिलेख पुनः कायम गराउन मालपोत कार्यालयको आग्रह

    १४६ पटक

    रुपन्देही, असोज ३१ — जेनजी आन्दोलनका क्रममा जलेका जग्गाधनीका कागजपत्र पुनः व्यवस्थित गर्न मालपोत कार्यालय बुटवलले जग्गाधनीहरूलाई स्रेस्ता कायम गराउन कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ।

    भदौ २४ गतेको आन्दोलनका क्रममा मालपोत कार्यालयमा अज्ञात समूहले गरेको आगजनी र तोडफोडका कारण हजारौं जग्गाधनीका अभिलेख नष्ट भएका थिए। कार्यालयका अनुसार साविक गजेडी, मक्रहर, आनन्दवन, सेमलार लगायत क्षेत्रका स्रेस्ता कागजात पूर्ण रूपमा क्षति भएका छन्।

    कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “सुकुम्वासी आयोगमार्फत वितरण भएका बुटवल, आनन्दवन, गजेडी, सेमलार, मक्रहर, परोहा, दुधराक्ष, करहिया र केरवानीका जग्गासम्बन्धी अभिलेख पनि जलेका छन्।”

    मालपोतले जग्गाधनीहरूलाई आफ्नो नागरिकताको प्रमाणपत्र, जोतभोग सिफारिस, जग्गाधनी प्रमाण पुर्जा, चालु आर्थिक वर्षको तिरो रसिद, आवश्यक कागजात र प्रमाण सहित स्रेस्ता पुनः कायम गर्न कार्यालयमा आउन आग्रह गरेको छ।

    कार्यालयले यो प्रक्रिया मालपोत ऐन २०३४, नियमावली २०३६, भूमि प्रशासन निर्देशिका २०८१ र मन्त्रालयको परिपत्र अनुसार सञ्चालन गरिने जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...