News Portal

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते

३५७ पटक

काठमाडौं, असोज २८ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम समय सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम छ।

यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिन यमदीपदान, धन त्रयोदशी र धनतेरस पर्व मनाइने समितिले जनाएको छ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती पर्व पर्दछ।

कात्तिक ३ गते सोमबार नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा हुनेछ। औँसी तिथिमा गरिने स्नान र दान कात्तिक ४ गते बिहान गर्नुपर्ने समितिले जानकारी दिएको छ।

भाइपूजा र किजापूजा भने कात्तिक ६ गते बिहीबार शास्त्रीय विधिअनुसार गरिनेछ।

प्रतिकृया दिनुहोस्

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक...

आज २०८२ साल फागुन १४ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...