News Portal

इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि

३४९ पटक

काठमाडौं, असोज २७ – गत वर्ष हमास लडाकु समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको जानकारी इजरायली सेनाले औपचारिक रूपमा दिएको छ।

इजरायली सेना (आईडीएफ) का एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिनको मृत्युबारे औपचारिक जानकारी दिएका हुन्। यो जानकारी भिडियो कन्फरेन्समार्फत इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई दिइएको थियो।

राजदूत पण्डितले भने, “आईडीएफ अधिकारीले हामीलाई भने– विपिन इज नो मोर।”

कञ्चनपुरका विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

विपिन अन्तिमपटक नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको थिएन। केही दिनअघि मात्र उनको पुरानो भिडियो सार्वजनिक गरिएको थियो।

विपिनको खोजी र उद्धारका लागि नेपाली सरकार, परिवार र इजरायली अधिकारीबीच कूटनीतिक प्रयास जारी रहँदै आएको थियो। विपिनकी आमा र बहिनी यसअघि उनलाई खोज्न इजरायल पुगेका थिए र हाल उनीहरू अमेरिकामा छन्।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...